२०८१ श्रावण १२

नवीनमा अन्तराष्ट्रिय नारी दिवस मनाइयो
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २४, बुधबार १२:३६ गते

बुटवल २४ फागुन ।
बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा बुधबार ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ ।
लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच र विस्तार भन्ने मूल नाराका साथै विद्यालयमा मनाइएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा सहायक प्रअ रोमनाथ घिमिरे, कक्षा ११ र १२ इसीए इन्चार्ज दीपक ज्ञवाली, शिक्षक मधु न्यौपाने, नवीन बिद्यार्थी क्लबको अध्यक्ष जुना परियार, कक्षा ११ विज्ञान समूहको सुरुची रेग्मी, कक्षा ३बी को अविशा महत लगायतले नारी दिवसको अवशरमा धारणा राखेका थिए ।
अंग्रेजी शिक्षक ठाकुर ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।