२०८१ श्रावण १२

प्रेस सेन्टर रुपन्देहीको अधिवेशन सम्पन्न, अध्यक्षमा विष्णु पोखरेल चयन
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २६, शुक्रबार १५:२७ गते

बुटवल ।

प्रेस सेन्टर रुपन्देहीको बिशेष अधिबेशन बुटवलमा सम्पन्न भएको छ । शुक्रबार बुटवलमा सम्पन्न सेन्टरको विशेष अधिबेशनले प्रेश सेन्टर रुपन्देहीका पुर्ब सचिब विष्णु पोखरेलको अध्यक्षतमा १७ सदस्यीय नया कार्य समिति चयन गरेको छ ।
सेन्टरको नवनिर्वाचित उपाध्यक्षमा अम्बिका परियार र पविता पौडेल, सचिवमा रमेश गैरे, सह(सचिवमा प्रकाश पाण्डे, संजय लामा र निर्मल थापा तथा कोषाध्यक्षमा पशुपति यादव रहेका छन भने कार्यसमिति सदस्यमा दिपक कलवार, जगलाल नेपाली, सुनिता चुदाली, अन्जना चौहान, जितेन्द्र चौधरी, सुमित्रा तरामु, दिनेश प्रसाद लोध र नेत्र रुचाल लगायत रहेका छन ।

विशेष अधिवेशन तथा वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष कमल रायमाझीको प्रतिवेदन, निवर्तमान सचिव विष्णु पोखरेल सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको हो ।
विशेष अधिवेशनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका केन्द्रिय उप(महासचिव यानेन्द्र जिसी, केन्द्रिय सदस्य भुवन कार्की, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँवर, प्रदेश सदस्यद्वय माया केसी लगायतले बोल्दै प्रेश सेन्टरको इतिहास र संगठनको आगामी दायित्वको बारेमा चर्चा गरेका थिए ।