२०८१ श्रावण १२

नेपाल विश्वकपमा छनोट
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २, बिहीबार १२:४६ गते

बुटवल २ चैत ।
आइसिसी विश्वकप लिग– २ को अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।