२०८१ श्रावण १२

बुटवलका सामुदायिक विद्यालयका प्रद्यानाध्यापक तथा शिक्षकहरुले गरे शैक्षिक अवलोकन भ्रमण
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २, बिहीबार १५:०७ गते

अवलोकन भ्रमण गरिएका गरिएका विद्यालयहरु र ती विद्यालयहरुका बारेमा नवीन औद्योगिक कदर बहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको टिप्पणीसहित

 

बुटवल २ चैत्र ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा सामुदायिक विद्यालयका प्रद्यानाध्यापक शिक्षक तथा कर्मचारीहरुको शैक्षिक अवलोकन भ्रमण गरेका छन ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु क्रियाशिल पेशागत संगठनका प्रमुख तथा पदाधिकारी विद्यालय कर्मचारी, बालविकास केन्द्र र सामुदायिक अध्ययन केन्द्रका गरी ४१ जनाको प्रतिनिधि मण्डलले फागुन २६ देखि ३० सम्म भ्रमण गरेको हो । पाँच दिवसीय भ्रमण लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका जिल्लाका नमुना सामुदायिक विद्यालय, माध्यमिक विद्यालय र आवासीय विद्यालय गरी ५ वटा सामुदायिक र एक निजि विद्यालय गरी ६ वटा विद्यालयहरुको अवलोकन गरी विद्यालयमा भएका असल अभ्यासहरू आदानप्रदान गर्ने कार्य गरेको भ्रमणमा सहभागी बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए । कार्यक्रमका लागि लागि बुटवल उपमहानगरपालिकाले आ।व। २०७९।८० मा ४ लाख बजेट विनियोजन गरेको थियो । बुटवल उपमहानगरपालिका शैक्षिक, खेलकुदलगायत समग्र क्षेत्रमा अगुवाई गर्दै आएको र अझै व्यवस्थित गर्ने सबै पक्षलाई समेटेर अपनत्व महशुश हुने गरी बुटवललाई अगाडी बढाउने बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयको निर्देशन अनुसार अवलोकन भ्रमण गरिएको बस्नेतले बताए ।
बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र शिक्षा तथा जना स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालको बुटवललाई शैक्षिक रुपमा अझै उकास्न योजनाबद्व रुपमा लाग्न प्रदान गरेको निर्देशन अनुसार लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका विद्यालयहरु अवलोकनको योजना बनाइएको बस्नेतको भनाय छ ।
भ्रमण व्यवस्थापन समितिका संयोजक नेपाल शिक्षक महासंघ बुटवलका अध्यक्ष एवं ज्ञानोदय माविका प्रधानाध्यापक टिकराम शर्मा पौडेलले भ्रमणको नेतृत्व गरेका थिए। उक्त अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका अध्यक्ष धनिश्वर गौतम भ्रमण व्यवस्थापन समितिका सदस्यहरु लक्ष्मण मरासिनी, प्रेम बहादुर बस्नेत, दिनानाथ गिरी र विष्णु गौतम घिमिरे रहेका थिए । ६ वटै विद्यालयमा समन्वय तथा कार्यक्रमको सहजीकरण टिकाराम शर्मा पौडेल र नवीन औद्योगिक कदर बहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले गरेका थिए । कार्यक्रमका प्रत्यक्ष प्रशारण दिलिप बेल्बासेले गरेका थिए। अवलोकन भ्रमणमा जनता मावि प्रअ आशा बस्नेत थापा र तिलोत्तमा मावि प्रअ ईश्वरी प्रसाद रेग्मी लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेको भ्रमण टोलिले जनाएको छ । बुटवल उपमहानगरपालिकामा नेपालमा सबै भन्दा बढी विद्यार्थी, भएको पहिलो, तेस्रो र चौथो बढी संख्या भएका विद्यालयहरु बुटवलमा नै रहेका छन् ।

अवलोकन भ्रमण गरिएका गरिएका विद्यालयहरु र ती विद्यालयहरुका बारेमा नवीन औद्योगिक कदर बहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको टिप्पणी यस्तो छ

१)गोर्खा मोडल माध्यमिक विद्यालय लमही ६ दाङ साविकको राप्ती अञ्चलमा बसोबास गर्ने व्रिटिश सेनाबाट सेवा निवृत भुतपुर्व सैनिकहरुको लगानीमा स्थापना भएको लुम्विनी प्रदेशमा अगुवाई गरेको विद्यालय पब्लिक स्कुल घोराही, गोर्खा माध्यमिक विद्यालय तुल्सीपुर, गोर्खा मोडल माध्यमिक विद्यालय लमही र गोर्खा आइडीएल माध्यमिक विद्यालय लालमटियामा गरी ४ वटा विद्यालय संचालनमा छन् । जसको मिसन जीवन उपयोगी शिक्षा दिने विद्यार्थीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्ने । कक्षा १२ सम्म राम्रो जीपिए प्राप्त, दुब्यसनी रहित विद्यार्थी तयार गर्ने रहेको छ । ५ वटा पक्षलाई विद्यालयले भिजनको रुपमा मानेको छ जसमा सञ्चार, नेतृत्व विकास, सामुहिक कार्य, सिर्जनशीलता र विद्यार्थीमा विविध सीपको विकास रहेको छ । जसले घोराही र तुल्सीपुरले ISA प्राप्त गरिसकेको छ भने लमहीको ISA प्रोजेक्ट हुँदाहुँदै फेजआउट भएकोले तीनवटै विद्यालयले ISO २००९ को लागि प्रक्रिया गरी रहेका छन् । प्रत्येक कक्षामा शैक्षिक सामग्रीहरु प्रदर्शन गरिएको छ सबै विषयका रोटेशन पठनपाठन, नेपाल सरकारको भूकम्प पछिको नीति अनुसार भूकम्प प्रतिरोधक पिलर सहित छरिएका भवन र फुलवारीलाई कार्यान्वयन गरेको छ । अभिभावक शिक्षा, ६/६जनाको कक्षामा समूह प्रत्येक हप्ता क्याप्टेन परिवर्तन प्रस्तुतिकरण र नेतृत्व क्षमता विकास गर्ने व्यवस्था कार्यन्वयनमा ल्याएको छ । जसमा हाल ९६०० विद्यार्थीहरु अध्ययनरत छन् २०७७ मा एमविवि एसमा ३३ जना र इन्जिनियरिङमा ४७ जनाले नाम निकालेका थिए । जसको अध्यक्षमा व्रिटिश सेनाका सेवा निवृत्त क्याप्टेन मान बहादुर बुढा र संरक्षकमा पुर्व काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. शुरेश राज शर्मा रहनु भएको छ । घोराहीको प्राचार्यमा मानशिह जिएम, तुल्सीपुरमा विजयमान जिएम, लमहीमा लोकमान रिजाल र लालमटियामा बसन्त पुन रहनु भएको छ । प्रमुख कार्यकारी अधिकृतमा नवल शिह जिएम रहनु भएको छ ।
२) महेन्द्र माध्यमिक विद्यालय अमरगढी ५ खलंगा डडेल्धुरा
२०१४ सालमा तत्कालिन राजा महेन्द्रले भ्रमणको क्रममा शिलान्यास गरेको विद्यालयमा २०१८ मा माध्यमिक स्वीकृत २०५१ बाट कक्षा ११ जिल्लामा पहिलो पटक अध्यापन प्रारम्भ गरेको यस विद्यालय २०७७ सम्म कक्षा ६-१२ मात्र  संचालन भएकोमा २०७७ बाट नजिकको आधारभूत विद्यालय मर्ज गरेर वालविकास देखि १२ सम्म हाल अध्यापन हुँदै आएको छ । २०७० बाट प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ समेत अध्यापन हुँदै आएको छ । हाल कानुन समुह वाहेक कक्षा ११ र १२ पठनपाठन हुने यस विद्यालयमा १२५५ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ३६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयमा कक्षा ७ सम्म अनिवार्य अंग्रेजी माध्यम र कक्षा ८ बाट अंग्रेजी र नेपाली दुवै माध्यम पठनपाठन हुने गर्छ । विद्यालय सरसफाईको सबै जिम्मा विद्यार्थीहरुलाई दिइन्छ प्रत्येक महिना कक्षा मनिटर परिवर्तन गर्ने गरिन्छ । विद्यार्थीको नेतृत्व विकासमा जोड, सीसी क्यामरा सबै कक्षामा जडान गरिएको छ । विद्यालयमा स्वयम् सेवक शिक्षक पनि व्यवस्था गरिएको छ
विद्यालयको मिशन आर्थिक रुपमा सवल बनाउने रहेको छ । विद्यार्थीहरुको जन्म दिनमा इच्छा अनुसार नगद तथा सामग्री संकलन गर्ने व्यवस्था र शिक्षकबाट मासिक रु. १०० जम्मा गर्ने विद्यालय विकास कोष ५ करोड बनाउने लक्ष्य विद्यालयको रहेको र हाल एक करोड ५ लाख कोष संकलन भएको छ उक्त कोष ३/३महिनामा संकलन र व्यवस्थापन गर्ने गरिन्छ । विद्यालयमा जापान सरकार र भारतीय राजदुतावासको सहयोगमा भवन निर्माण भएको छ । उक्त विद्यलाय्मा पुर्व प्रद्यानमन्त्री शेर बहादुर देउवाले कक्षा ८ र ९ अध्ययन गर्नु भएको थियो । उक्त विद्यालयका प्रधानाध्यापक नेपाल रेडक्रस सोसाइटीका राष्ट्रिय उपाध्यक्ष हुनु हुन्छ । विश्वका करिव २७ वटा देशको भ्रमण प्रधानाध्यापक शुरेन्द्र शिह ऐरले गर्नु भएको छ ।
३) पदम पब्लिक मुक्ति नारायण मावि दिपायल, सिलगढी
विस २००४ मा राणा कालिन पदम शमसेरको पालामा स्थापना भएको विद्यालय कक्षा ११ र १२ मा सबै समूह अध्यापन हुने विद्यालय २०७६ मा संघीय नमुना विद्यालय बनेको थियो । विद्यालयमा विषयगत समितिहरु प्रत्येक शुक्रवार अनिवार्य अतिरिक्त क्रियाकलाप संचालन र जोड दिने गरिन्छ । डोटी जिल्लामा खेलकुदमा अब्बल सावित हुन सफल रहेको छ । विद्यालयमा गणित प्रयोगशाला व्यवस्था विद्यालयमा स्वमसेवकशिक्षक नजिकको क्याम्पसबाट मगाउने गरिन्छ खाली पिरियडमा कक्षा व्यवस्था गरिन्छ तर पारिश्रमिक दिने व्यवस्था छैन । कक्षा मनिटरलाई शशक्त बनाइएको छ कक्षा १० सम्म विद्यार्थीहरु वाहिर निस्कदैनन प्रत्येक दिन प्रार्थनामा ५ वटा प्रश्न सोध्ने, स्मार्ट वोर्ड र इन्टाक्ट्रीभ बोर्डबाट कक्षा ११ विज्ञान समुहमा पठनपाठन गराइने गरिन्छ ।
इ. हाजिरी र लिखित हाजिरी दुवै गर्ने गरिन्छ उक्त विद्यालयमा बुवा जिल्ला मालपोतमा कार्यरत रहदा कक्षा ६,७, र ८ रबिन्द्र मिश्रले अध्ययन गरेका थिए । विद्यालयमा हाल १२७९ विद्यार्थीहरु र ३५ शिक्षकहरु कार्यरत रहेका छन् विद्यालयको प्रधानाध्यापक केशव ओझा रहनु भएको छ ।
४) दुर्गा लक्ष्मी नमुना मावि अत्तरिया, कैलाली
२०३० सालमा स्थापना भएको सुदुर पश्चिम प्रदेशमा सबै भन्दा बढी विद्यार्थी भएको संघीय नमुना विद्यालय हो । विद्यालयले खेलकुद, वक्तृत्वकला, हाजिरी जवाफ र चित्रकलामा अगुवाई गर्दै आएको छ विद्यालयमा गणित प्रयोगशाला, ५ वटा प्रोजेक्टर हल, अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनियरिङ पठनपाठन हुन्छ विद्यालयले आवधिक परीक्षाहरु संचालन गर्छ विद्यालयमा ३६०० विद्यार्थीहरु ८५ शिक्षक तथा कर्मचारीहरु रहेका छन् विद्यालयको प्रधानाध्यापक शिवराज जोशी हुनु हुन्छ ्र
५) नेपाल राष्ट्रिय नमुना मावि मधुवन, ढोढरी, बर्दिया
बर्दिया जिल्लाको संघीय नमुना विद्यालय करिव ४ विगाहा १० कठ्ठा जग्गा भएको यस विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुँदै आएको छ विद्यालयमा हाल १५२७ विद्यार्थीहरु ५३ जना शिक्षक तथा कर्मचारीहरु रहनु भएको छ ।
विद्यालयले विद्यालय परिसर अगाडी हरियाली सुन्दरता बनाएको छ । ८० देखि ८५ प्रतिशतसम्म थारु समुदायले अध्ययन गर्ने यस विद्यालयमा एसइईको समयमा विद्यार्थीहरुलाई विद्यालयमा राख्ने पठनपाठनमा ध्यान दिने गरिन्छ अभिभावकबाट चामल, दाल र तेल संकलन गर्ने र आर्थिक व्यवस्थापन गर्ने गरिन्छ । विद्यार्थीहरुलाई एसइईको अन्तिम दिन पिकनिक गर्ने रमाइलो मनाउने र आत्मियता बढाउने गरिन्छ । स्थानीय सरकार र विद्यालय वीच संघीय शिक्षा नीतिका कारण जटिलता आएकोले चाडैनै व्यवस्थापन गर्ने वडा अध्यक्ष बलिराम चौधरीको धारणा रहेको छ । विद्यालयमा सानो कक्षालाई थप व्यवस्थित गरिएको छ । स्कुल बसको व्यवस्थापन गरिएको छ । विद्यालयमा विषय शिक्षक विद्यालयमा उपस्थित भइ कक्षामा नगएमाप्रति पिरियड सय रुपैया कक्षा क्याप्टेनलाई बुझाउनु पर्ने व्यवस्था गरिएको छ । सिटीइभिटीको सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ ३ बर्षे पठनपाठन हुने गर्छ विद्यालयको प्रधानाध्यापक नेपाल शिक्षक महासंघ लुम्विनी प्रदेशका पुर्व महासचिव पूर्ण चन्द्र पोखरेल रहनु भएको छ ।
६) ज्ञानोदय नमुना माध्यमिक विद्यालय खजुरा ३ बाँके
२०३४ मा स्थापना भएको यस विद्यालय संघीय नमुना विद्यालय हो २०५५ मा पहिलो पटक एसएलसीमा सहभागी गराएको यस विद्यालय विस २०६३ मा मध्यपश्चिमाञ्चल उत्कृष्ट भएको थियो । विद्यालयमा प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ पठनपाठन हुन्छ ।
हाल विद्यालयमा २२०० विद्यार्थीहरु अध्ययनरत छन् ६० शिक्षक तथा कर्मचारीहरु कार्यरत रहनु भएको छ । विद्यालयको टिकाउ, सिकाउ र विकाउको नीति रहेको छ । ३,५ जना विद्यार्थीको टिम बनाएर अध्यापनमा जोड दिइन्छ । शुक्रवारीय कक्षागत, तहगत प्रतिस्पर्धा गराउने र विद्यालयका ४४ वटा असल अभ्यासहरू रहेका छन् ।
खजुरा गाउँपालिकामा शिक्षा, स्वास्थ्य र कृषिमा धेरै सुधार गरिएको खजुरा गाउँपालिकाका पुर्व अध्यक्ष किस्मत कुमार कक्षपति बताउनु हुन्छ ।
सम्भवत खजुरा ३ मा जनता नमुना मावि र ज्ञानोदय नमुना मावि एउटै वडामा २ वटा नमुना मावि भएको नेपालमा अपवादको रुपमा रहेको छ । विद्यालय आर्थिक रुपमा आत्मनिर्भर बन्न १ करोड ३० लाख मुद्वति खातामा राखिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा हुनुहुन्छ । विद्यालय ब्यवस्थापन समितिको निर्वाचनबाट अध्यक्षमा भीमसरा भण्डारी छानिनु भएको छ ।