बुटवल ३ चैत्र ।
नवीन औद्योगिक कदर बहादुर रीता माविमा एमविविएस तथा अन्य प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई शुक्रवार सम्मान गरिएको छ ।
उक्त सम्मानको अवसरमा वोल्दै नेपाल प्राध्यापक संघ निवर्तमान सभापति वरिष्ठ अधिवक्ता, प्राध्यापक डा. बुद्व बहादुर थापाले नवीन औद्योगिक कदर बहादुर रीता माविले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कक्षामा सामाजिकरण गरेकोमा खुशी व्यक्त गर्दै विद्यालयका सामाजिकीकरणका योजनाहरुलाई यहि मोडलमा अगाडी बढाई जीवनपयोगी शिक्षामा परिणत गर्न आग्रह गरे ।

यी हुन् नाम निकाल्न सफल विद्यार्थीहरु
चिकित्सा शिक्षा आयोगद्वारा लिइएको चिकित्सा शिक्षा स्नातकतह (MECEE BL 2023) एमविविएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालय तह देखि अध्ययन गरेकी मेद्यावी छात्रा शुवेक्षा गहतराज, पक्लिहवा कृषि क्याम्पसमा एलिशा ज्ञवाली, त्रि.वि. थापाथली इन्जिनियरिङमा हरि बहादुर रणपाल, पोखरा विश्व विद्यालयमा सिभिल इन्जिनियरिङमा दिव्या खनाल, वर्षा आचार्य, भारतमा SII इन्जिनियरिङमा विकास बस्याल, त्रि.वि. विएलएलविमा विनिषा रेग्मी, त्रि.यी. व्यवस्थापन समुहमा नवीना रानाभाट, सुनिल परियार, सम्झना रानाभाट, बाबुराम भट्टराई, आइटीमा क्यानाडामा समिर भुसाल र प्रतीक काफ्ले, अष्ट्रेलियामा IT मा नवीन रानाभाट, व्यवस्थापन समुहमा अनिल पाण्डे, जेम्स घर्ती, सन्ध्या भण्डारी सुमन पाण्डे, रंजित पाण्डे, हरिमाया नाऊ, शर्मिला वि.क. आयुषा ज्ञवाली, कल्पना कुँवर लगायतलाई सम्मान गरिएको थियो |
खेलकुदका प्रशिक्षक देखि खेलाडीलाई पनि सम्मान
साथै १३ औ रुपन्देही जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिकालाई १६ स्वर्ण, १४ रजत र १० कास्य पदक सहित विजेता बनाउन सफल विद्यालयका खेलकुद प्रशिक्षक नवराज खरेल, कराते प्रशिक्षक भुपेन्द्र शिह थापा करातेमा राहुल चौधरी स्वर्ण, कराते अभिनाश जि.एम., हाइजम्प खेमराज पौडेल स्वर्ण, सटपुटमा कमला वि.क.स्वर्ण, ४x१०० रिलेमा शुशान्त थापा, सुन्दर बगाले र दर्शन वि.क.ले स्वर्ण पदक, ४x४०० रजत पदक प्राप्त गर्न सफल सुदर्शन वि.क., दिपक वि.क., ४x१०० रिलेमा लक्ष्मी बलामी र लक्ष्मी थापा रजत पदक र करातेमा रजतपदक पाउने सुमना जि.एम. तथा एमविविएस पेइङ तर्फ नाम निकाल्न सफल केशव गुप्ता, ईरा खरेल र सोनिया घिमिरे लगायतलाई प्रमुख अतिथि वरिष्ठ अधिवक्ता, प्राध्यापक डा.बुद्व बहादुर थापा, वि.व्य.स. अध्यक्ष कृष्ण प्रसाद खरेल, प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, वि.व्य.स. सदस्य श्रीमाया श्रेष्ठ, शि.अ.स. सदस्यहरु वासुदेव भुसाल, राजाराम वि.क., शंकर परियार लगायतले सम्मान गरे ।
उत्कृष्टलाई सम्मानमा बाजागाजासहित विभिन्न स्थानको परिक्रमा
विद्यालयका विद्यार्थीहरुले विभिन्न विद्याका छात्रवृत्ति र खेलमा उत्कृष्टता प्राप्त गरे वापत विद्यालयले बाजागाजाका साथ् देवीनगर, योगीकुटी प्रगतिनगर, बुद्वनगर, मोतिपुर, फर्साटिकर, अमुवा, मानपकड़ी, सेमलार, तामनगर परिक्रमा गराएको थियो |
उक्त अवशरमा कानुन समूह कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेका थिए . कार्यक्रममा वि.व्य.स. अध्यक्ष कृष्ण प्रसाद खरेल, प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, कानुन समूह इन्चार्ज लोक प्रसाद खरेल,कानुन समूह शिक्षक अधिवक्ता निशा खरेल, एमविविएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी सुवेक्षा गहतराज,कक्षा १२ का विद्यार्थीहरु समिक्षा खत्री, अस्मिता भण्डारी, सन्तोष के.सी. , सन्दिप परियार, बोम बहादुर वि.क. कक्षा ११ बाट रुक्शा अर्याल, राहुल पाण्डे, चिन्तामणी विश्वकर्मा, पदम रेश्मी मगर, पिङकी पासवान, कविता भट्टराई, माधाव कुमार विश्वकर्मा लगायतले धारणा राखेका थिए ।
कानुन समूह कक्षा ११ की छात्रा कान्ति परियारको अध्यक्षतामा अमिशन थापा र आयुष्मा नेपालीको संचालनमा सम्पन्न कार्यक्रममा रोचक सास्कृतिक कार्यक्रम विद्यार्थीहरुले प्रदर्शन गरेका थिए |