२०८१ श्रावण १२

तिलोत्तमा गोल्डकप शुरु, पहिलो खेलमा सुदुरपश्चिमको जित
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ४, शनिबार १४:३२ गते

बुटवल, ४ चैत
तिलोत्तमा गोल्डकप फूटबल प्रतियोगिता २०७९ शनिवार देखि बुटवलमा सुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलवाट नै आयोजक करेन्ट रुपन्देही ११ वाहिरिएको छ । सुदुरपश्चिम ११ ले आयोजकलाई ३ एक गोलको सहज जित निकाल्दै सुदुर पश्चिम ११ सेमीफाईनल पुगेको छ । आयोजक रुपन्देही ११ उद्घाटन खेलवाट वाहिरेसंगै घरेलु टीमलाई हौसला दिन मैदान पुगेका हरु निरास भएका थिए ।
खेल शुरु भएकोे ३१ मिनेटमा सुदुरपश्चिम ११ का फागुराम थारुले पहिलो गोल गदै खेलमा अग्रता दिलाएका हुन । थारुले, दोस्रो हाफको २३ औं मिनेट पुन आफनो तर्फवाट दोस्रो र निर्णायक गोल गरेका हुन । त्यस्तै दोस्रो हाफको पहिलो मिनेटमै स्वाम्या हार्दिकले सुदूरपश्चिमाञ्चलका लागि गोल गरेका हुन् । प्रतियोगितामा आयोजकका लागि खेलको ईन्जुरीसमयमा पाएको पेनाल्टीलाई सदुपयोग गदै आयोजकले सहानुभूती गोल विदेश खेलाडी फोडे फोफोनाले गरेका हुन । खेलमा सुदुरपश्चिम ११का फाल्गुराम थारु म्यानअफदी म्याच घोषित हुदै पुरस्कृत भएका हुन । प्रतियोगितामा दुई विभागीयसहित आठ टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यसअघि प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका थिए । आईतवारको खेल हिमालय शेर्पा र थ्रिस्टार क्लवका बीच हुने छ ।