२०८१ श्रावण १२

स्ववियु चुनावमा मतदान जारी
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ५, आईतवार ०९:४३ गते

बुटवल ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।

देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ ।
२०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ ।

त्रिविमा पछिल्लोपटक ०६५ मा प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव भएको थियो । ०७३ मा केही क्याम्पसमा चुनाव भए पनि ती क्याम्पसमा तेस्रोपटक चुनाव हुनुपर्ने समय गुज्रिसक्दासमेत स्ववियु हुन सकेको थिएन ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार ०७३ मा उपत्यकाभित्रका नौवटा आंगिक क्याम्पसमा मात्र स्ववियु चुनाव सम्पन्न भएको थियो । त्यतिवेला उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन सकेन ।