२०८१ श्रावण १२

थ्री स्टार तिलोत्तमा गोल्डकपको सेमीफाइनलमा प्रवेश
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ५, आईतवार १३:४८ गते

बुटवल ५ चैत ।
तिलोत्तमा गोल्ड कपको आइतबारको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
बुटवलको देविनगर स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत खेलमा दिपेश गुरुङले दोस्रो हाफमा गरेको गोलनै जितका लागि निर्णायक बन्यो । पहिलो हाफमा दुबै टिमबाट गोल रहित बराबरी रहेको थियो । पहिलो हाफमा थ्री स्टारमाथि हाबी बनेको हिमालयन शेर्पाले गोलको मौका धेरै पटक गुमाउन पुग्यो ।
दोस्रो आफमा थ्री स्टार लयमा फर्किँदै हिमालयन शेर्पामाथि हावि बन्यो । प्रतियोगितमा थ्री स्टारका लकिन लिम्बु म्यान अफ दी म्याच घोषित भए । आइतबारको जितसँगै थ्रीस्टार शनिबारको विजेता सुदूरपश्चिम–११ सँग सेमिफाइनलमा भेट हुने भएको छ । सुदूरपश्चिमले रुपन्देही–११ लाई शनिबार ३–१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
सोमबारको खेल विभागीय टोली नेपाल शसस्त्र प्रहरी (एपीएफ) र फ्रेण्ड्स क्लब बीच हुने छ । ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ वा १ थान मोटरसाइकल÷स्कुटर पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले ३० हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् । प्रत्येक खेलमा म्यान अफ द म्याचले ११ हजार एक सय ११ रुपैया पाउने छन ।