२०८१ श्रावण १२

लुम्बिनीमा क्षयरोगी बढ्दो
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १०, शुक्रबार १५:१७ गते

 

बुटवल १० चैत ।
लुम्विनी प्रदेशमा क्षयरोगीको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । पछिल्ला ५ आर्थिक वर्षका तंथ्याक हेर्दा गत आर्थिक वर्ष मा अन्य आर्थिक वर्षको तुलनामा धेरै क्षयरोगी भेटिएका छन । यहा २०७८–०७९ मा ८ हजार ९० जना क्षयरोगी भेटिएका छन । यो तंथयाक हेर्दा प्रदेशमा प्रति एक लाख बराबर १५७ जनामा क्षयरोग हुने गरेको पाईएको हो । विश्व क्षयरोग दिवश–२०२३ को अवसरमा स्वास्थ्य कार्यलय रुपन्देहीद्धारा बुटवलमा गरेको कार्यक्रममा प्रस्तुत गरिएको तंथ्याक अनुसार सो आर्थिक वर्षमा रुपन्देहीमा १ हजार ७०५ जना र रुकुम पूर्वमा ५७ जना क्षयरोगी भेटिएको थिए । यस तंथ्याक अनुसार रुपन्देहीमा प्रति एक लाखमा एक सय ५२ र रुकुम पूर्वमा प्रति एक लाखमा ९६ जनामा क्षयरोगी रहेको तंथयाकले देखाउछ ।
त्यस भन्दा अघिल्ला आर्थिक वर्षहरु ०७७।०७८ मा लुम्विनीमा प्रति एक लाखमा १ सय १४ जनामा क्षयरोग भेटिएको थियो । त्यस्तै ०७६।०७७ मा एक सय १२, ०७५।०७६ मा एक सय २० तथा ०७४।०७५ मा एक सय ३४ जना प्रति एक लाखमा क्षयरोगी भेटिएका थिए । त्यस्तै रुपन्देहीमा प्रदेशमा सबै भन्दा धेरै क्षयरोगि रहे पनि प्रतिएक लाखमा क्षयरोगीहरुको दर भने दाङमा धेरै भेटिएका तंथ्याक छ । रुपन्देहीमा प्रति एक लाख बराबर १५७ र दाङमा प्रति एक लाख बराबर २१४ जना क्षयरोग भेटिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्शन रामप्रसाद भटट्राई, जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका गौरव ढकाल, सेभ द चिल्डेनका कार्यक्रम ब्यबस्थापक मिन बहादुर सिह, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगायतले नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने तथा सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएकाले स्वास्थ्य शिक्षा, जनचेतना जगाउने कार्यक्रमलाई प्राथामिकतामा राखेर अगाडी बढ्दा नै क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउन सकिने बताएका थिए ।