२०८१ श्रावण १२

तिलोत्तमा गोल्डकपको उपाधि मनाङले जित्यो
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ११, शनिबार १४:१६ गते

 

बुटवल ११ चैत
२२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सडेनडेथमा मनाङ मस्र्याङ्दी क्लबले जितेको हो । सुदूरपश्चिमलाई सडेनडेथका आधारमा हराउदै मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
खेलको निधारित समयमा समान एक एक गोल भएपछि खेललाई पेन्नाल्टी सुटमा लगिएको थियो । पेन्नाल्टी सुटमा पनि समान चार चार गोल गरेपछि खेल सडेनडेथमा लगीएको थियो । खेलको ५८ औ मिनेटमा मनाङ मरयाङ्दीका कोफी टिमोथेले पहिलो गोल गदै खेलमा अग्रता दिलाएका थिए । एक गोल खाएर रनथनीयको सुदुरपश्चिम ११ ले खेलको ७० औ मिनेटमा खेलाडी फागुराम थारुले उत्कृष्ठ गोल गरेसंगै खेल वरावरीमा पुगेको थियो ।
बाकी अबधीमा दुवै टीमवाट गोल गर्ने प्रयास भएतापनि थप गोल कुनै टीमवाट हुन सकेन । अन्तत खेल ९ आठको अन्तरमा मनाङको पोल्टामा उपाधी कब्जा भयो ।
उपाधि चुमेसंगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पाएको छ भने उपविजेता सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा विजेता र उपविजेतालाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पुरस्कार प्रदान गरे । २०३३ सालदेखि सुरू भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो । प्रतियोगितामा उत्कृष्ठ खेलाडी सुदुरपश्मिका फागुराम थारु घोषित हुदै स्कुटर पुरस्कार प्राप्त गरेका छन भने बेष्ट गोलकिपर जियानाथ शेखले हात पारेका छन ।