२०८१ श्रावण १२

सुन चाँदीका गरगहना चोरी गर्ने ७ जना पक्राउ
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १४, मंगलवार १४:४४ गते

 

बुटवल १४ चैत ।
रुपन्देहीका बिभिन्न स्थानहरुमा सुन चादीका गहना चोरी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न मितिमा सुन चाँदीका गरगहना तथा नगद समेत चोरी भएको भन्ने सूचना का आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उप–महानगरपालिका वडा नं। १३ जितगढी स्थित कालिगण्डकी होटलबाट ७ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा पर्सा बिरगञ्ज महानगरपालिका १९ बस्ने ३२ वर्षका उत्तम प्रसाद यादव , बिरगञ्ज २० बस्ने २० वर्षका राकेश सिंह राठौर ,सोही ठाउका बर्ष २० को सैल राय, बर्ष १५ को परिवर्तित नाम भैरहवा २७ ,पर्सा पटेर्वा सुगौली ४ वस्ने बर्ष १९ को सन्दिप राय नट, पर्सा पटेर्वा सुगौरी –४ वस्ने बर्ष ३२ को राजेश राय नट र पर्सा पाकहर गा।पा। ९ बस्ने बर्ष ३४ को राम बहादुर राय रहेका छन ।
जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालका अनुसार उनीहरुसगबाट प्रहरीले सुनको सिक्री– थान ४, टुटेको सिक्री २४ क्यारेट सुन तौल ८।०६ ग्राम, डबल रिङ सिक्री २४ क्यारेट सुन तौल १७।४१ ग्राम, सादा सिक्री २४ क्यारेट सुन तौल ११।३७ ग्राम,लकेट सहितको सादा सिक्री २४ क्यारेट सुन तौल ९ ग्राम को बरामद गरेको छ ।
त्यस्तै एक थान ३६।७४ ग्राम तौलको चादीको सिक्री १ हजार दरका नोट ५६ थान ९रु ५६ हजार०, बिभिन्न कम्पनिका मोवाईल थान ८ र भारतिय नम्बर प्लेट बीआर शुन्य पाच एस शुन्य ३ सय १४ को स्कारपियो गाडी पनि बरामद गरेको छ । पक्राउ परेकाहरुलाई अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।