२०८१ श्रावण १२

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १५, बुधबार १५:४३ गते

बुटवल १५ चैत ।
नेपाल पत्रकार महासंघले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने भएको छ। चैत १५, १६ र १७ गते मिडिया सम्मेलन हुन लागेको हो। १५ गते बुटवलमा पत्रकार सम्मेलन गरेको महासंघले १६ र १७ मा नवलपरासी तथा रुपन्देहीमा विभिन्न कार्यक्रम गर्दै छ ।

बुटवलमा पत्रकार सम्मेलनमा वोल्दै महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमाफर्त सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र संविधान निर्माण पछि प्रेसमैत्री कानुन निर्माणका प्रक्रियाका बारेमा छलफल गरिने बताए। सम्मेलनमा देशभरबाट जिल्ला अध्यक्षहरु देखि लिएर प्रदेश अध्यक्ष तथा महासचिवसहित केन्द्रीय समितिलगायतको उपस्थिति रहने महासचिव रोशन पुरी जानकारी दिए। संगठन सुदृढीकरण, पत्रकारहरूको पेशागत हकहित र कानुन निर्माणका सवालमा लुम्बिनी राष्ट्रिय सम्मेलनले ठोस निर्णय गर्ने उनको भनाइ छ।

सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ। १६ गते बिहीबार महासंघले ६८ औं स्थापना दिवस नवलपरासीमा मनाउने भएको छ। पश्चिम नवलपरासीको परासीमा बिहान ७ बजे प्रभातफेरी गर्ने कार्यक्रम छ।

परासीमै महासंघको ८ औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रमसमेत राखिएको छ।
सम्मेलनमा जिल्ला शाखा अध्यक्ष, ७ प्रदेशबाट अध्यक्ष र महासचिवसहितका व्यक्तिहरूको उपस्थिति रहने लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिए। सम्मेलनलाई सफल बनाउन आफूहरूले सक्दो सहयोग गर्ने महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए।