२०८१ श्रावण १२

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २०, सोमबार ०९:०५ गते

बुटवल,२०चैत ।

नेकपा एकीकृत  समाजवादीको  प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । सोमबार सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।

प्रमुख सचेतक भएका प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।