२०८१ श्रावण १२

लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २१, मंगलवार १६:३६ गते
अहिलेसम्म ६० जिल्लाका २ हजार १ सय जनाले नाम दर्ता गराए
बुटवल,२१ चैत ।
शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा हुने लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ ।
अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बिहीबार अर्थात् चैत २३ गते प्रतियोगिता आयोजना गरेको हो ।  देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रने अध्यक्ष ध्रुव आचार्यले बताए । अहिलेसम्म ६० जिल्लाका २ हजार १ सय जनाले नाम दर्ता गराएका छन् । प्रतियोगितामा  महिला र पुरुष दुवैको छुट्टाछुट्टै प्रतियोगिता हुने छ ।
 बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दीप बालेपछि त्यही दीपसहित खेलाडीहरु म्याराथनमा उत्रनेछन् । मायादेवी प्रवेशद्धारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलबार हुदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गर्ने छ । म्याराथनको तयारी सकिएको अध्यक्ष आचार्यले बताए ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार, र तेश्रो हुनेलाई ५० हजार रुपैया दिइने छ । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।
यसैसन्दर्भमा मंगलबार म्याराथनका लागि खट्ने स्वयमसेवकहरुको बैठकसमेत लुम्बिनीमा सम्पन्न भएको छ । कार्यक्रमलाई सभ्य र भब्य बनाउनेगरी सबै तयारी गरिएको अध्यक्ष आचार्यले बताए ।