२०८१ श्रावण १२

विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २५, शनिबार १६:४३ गते

काठमाडौ, २५चैत ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छिन्।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको उल्लेख गरिन्। त्यसका लागि  मन्त्रालयले आवश्यक प्रक्रिया थालेको उनको भनाइ छ।

मन्त्री शर्माले अनलाइन मिडियाहरुलाई नियमन गर्नसक्ने कानुन सरकारसँग नरहेको भन्दै आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन बनाउँदा सबैकुरा समेटेर निर्माण गर्ने प्रतिवद्धता पनि जनाइन् । ‘हिजोको प्रिन्टेड मिडियाहरुलाई आधार बनाएर बनाइएका कानुनले अहिलेको मिडियाको क्षेत्रमा भएको विकासलाई कभर गर्न सक्दैन । त्यसलाई समेट्ने गरेर कानुन बनाउन जरुरी छ । कानून बनाउने कुरामा हामी लागि नै रहेका छौँ ।