२०८१ श्रावण १२

धुर्कोट गाउँपालिका र भरतपुर महानगरपालिका बीच भगिनी सम्बन्ध स्थापना
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २५, शनिबार १७:०३ गते

बुटवल ,२५चैत।
धुर्कोट गाउँपालिका गुल्मी र भरतपुर महानगरपालिका चितबन बीच भगिनी सम्बन्ध स्थापना स्थापना स्थापना भएको छ । शनिबार धुर्कोट गाउँपालिका गुल्मीमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र धुर्कोट गाउँपालिका अध्यक्ष‍ भुपाल पोखरेलले समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना भएको हो ।
गाउँपालिका तथा नगरपालिकाले आफ्नो कार्य सञ्चायलन गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४, को परिच्छेद ६, दफा २६ को ९ट० अनुसार भगिनी सम्बन्ध स्थापित गरी शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन, प्रविधि, संस्कृति, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा आर्थिक सहयोग लगायतका अन्य विविध असल अभ्यास अनुभव आदान प्रदान गर्ने व्यवस्था अनुसार भरतपुर महानगरपालिका र धुर्कोट गाउँपालिका विच भगिनी सम्बन्ध स्थापित गर्ने उद्धेश्यका साथ समझदारी पत्रमा हस्ताक्षर गरिएको जनाइएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहलको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथिको रुपमा प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि बहादुर जिसी रहेका थिए ।
भगिनि सम्बन्ध स्थापना कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल, धुर्कोट गाउँपालिका उपाध्यक्ष सिता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी , भरतपुर महानगरपालिका प्रमुख विज्ञ सल्लाहकार शुरेस चन्द्र अधिकारी, भरतपुर महानगरपालिकाका कर्मचारी, धुर्कोट गाउँपालिकाका कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता रहेको कार्यक्रमको संचालन राजु पछाईले गरेका थिए ।