२०८१ श्रावण १२

नवीन माबिको टोली अवलोकन भ्रमणमा
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३, आईतवार ०६:१९ गते

बुटवल ।
नवीन औद्योगिक कदर बहादुर रीता मा बिको टोली अवलोकन भ्रमणमा रहेको छ । माबिको विद्यालय व्यवस्थापन समिति , शि अ संघ र शिक्षक कर्मचारीको टोलिले अवलोकन भ्रमणका क्रममा गण्डकी प्रदेशका उत्कृष्ट सामुदायिक विद्यालयहरुका असल अभ्यास साझेदारी कार्यक्रम बारे अन्तरक्रिया कार्यक्रम पनि गरेको छ । कार्यक्रम अन्तरगत कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेद थापा मगर र शिक्षा अधिकृत अग्निधर पराजुलीसँग पूर्तिघाटमा अन्तरक्रिया गरि कालीगण्डकी गाउँपालिका शिक्षा सुधारका बारेमा अन्तरक्रिया गरेको हो । गण्डकी प्रदेशको अव्वल बेनी सामुदायिक मा बि मा अन्तरक्रिया गरेको छ ।
उक्त अन्तरक्रियामा बेनी सामुदायिक मा।वि। का प्रधानाध्यापक दीपक श्रेष्ठले विद्यालयमा अवलम्बन गरिएका असल अभ्यासका बारेमा जानकारी गराएका थिए । नवीन औद्योगिक कदर बहादुर रीता मा बि का प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले असल अभ्यास बारे धारणा राखेका थिए ।
भ्रमण टोलीमा बुटवल उप महानगर पालिका वडा न ११ का वडाध्यक्ष एवम विद्यालयका संरक्षक राम चन्द्र छेत्री , बुटवल उप महानगर पालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी लगायत विद्यालय व्यवस्थापन समिति , शि अ संघ र शिक्षक तथा कर्माचारीको सहभागीता रहेको छ ।