२०८१ श्रावण १२

भारतको एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु
  • लुम्बिनी खोज
  • २०८० बैशाख ६, बुधबार ०८:५० गते

बुटवल ६ बैशाख ।
भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरू भएको छ ।

उनलाई आज बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो।

उनीसँग निजी चिकित्सक डा. निरज बम, ७ चिकित्सकको टोली र परिवारका सदस्य सँगै छन्।