२०८१ श्रावण १२

ओमानमाथि नेपालको सानदार जित
  • लुम्बिनी खोज
  • २०८० बैशाख ८, शुक्रबार ११:१६ गते

काठमाण्डौं ८ बैशाख ।
एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । नेपालले ८४ रनको जित हात पारेको हो ।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।