२०८१ श्रावण १२

कोभिडबाट थप एकको मृत्यु, ७८ जनामा संक्रमण
  • लुम्बिनी खोज
  • २०८० बैशाख ९, शनिबार १५:५० गते

बुटवल, ९ बैशाख ।

कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो ।

यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोभिड संक्रमितको संख्या ३८३ पुगेको छ ।