२०८१ श्रावण १२

लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागी जग्गा नापजाँच सुरु
  • लुम्बिनी खोज
  • २०८० बैशाख १०, आईतवार १३:४० गते

 

बुटवल १० बैशाख ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आफनै प्रशासनिक भवन निर्माणका लागी पहिलो चरणका कार्य आरम्भ भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान, उपप्रमुख कल्पना हरिजन लगायत अन्य जनप्रतिनिधी,कर्मचारीको पहलमा नगरपालिकाले भवन निर्माणका लागी केही महिना अघि जग्गाको टुंगो लगाएको थियो ।जस अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३ स्थित लंकारपुर देखि क्युटेलिय जाने बाटोको पुर्वतर्फ प्रशासनिक भवनका जग्गा प्रस्ताव गरिएको हो ।

भवनका लागी प्रस्तावित जग्गाको आईतबार नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान,लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३का वडाअध्यक्ष अकरमुद्धिन नाउँ मुसलमान,ईन्जिनियर आशिष यादव,अमिन,पत्रकार लगायत स्थानीयको रोवरमा नापजाँच गरिएको नगरपालिकाले जनाएको छ । डिपिआर निर्माणका लागी पहिलो चरणको जग्गा रेखांङकन र एरिया नापिएको हो ।क्षेत्रिय सहकारी विकास तथा एडवीको सहयोग तथा समन्वयमा पालिकाको आफनै सार्वजनिक जग्गामा भवन निर्माणको कार्यलाई अघि बढाउने निर्णय भएको छ ।

आमजनतालाई छिटो छरितो तरिकाले आफनै भवनबाट सेवा दिन आतुर रहेको नगरपालिका मेयर सजरुद्धिन मुसलमानले बताए । पहिलो स्थानीय तहको चुनावमा जितेर आएका जनप्रतिनिधिको पालामा बन्न नसकेको प्रशासनिक भवनलाई आफनो कार्यकाल भित्र पुरा गर्ने मेयर मुसलमानले बताएका छन ।