२०८१ श्रावण १२

विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति ६ लाख दिने निर्णय
  • लुम्बिनी खोज
  • २०८० बैशाख २०, बुधबार ०८:४९ गते

काठमाडौ,२० बैशाख ।

मन्त्रिपरिषद् बैठकले एसिसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रु. ६ लाख र अफिसियललाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेकाे सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय पनि बैठकले गरेकाे छ ।

मंगलबार सम्पन्न फाइनलमा युएईलाई सात विकेटले हराउँदै राष्ट्रिय टोलीले ट्रफी उचालेको हो । यससँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।