२०८१ श्रावण १२

नौलो बहुउदेश्यीय सहकारीको साधारण सभा
  • लुम्बिनी खोज
  • २०७८ मंसिर १७, शुक्रबार ०९:५४ गते

बुटबल १७ मंसिर ।
नौलो बहुउदेश्यीय सहकारी संस्थाको १२औ साधारण सभा एक कार्यक्रमका बिच शुक्रबार बुटबलमा सम्पन भएको छ ।
कार्यक्रमको लुम्बीनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले उदघाटन गरेका थिए । कार्यक्रमका बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले सहकारी माध्यमबाट समाजमा छरिएर रहेको पूजीलाई उत्पादन मुलक क्षेत्रमा लगानी गरी सेयर सदस्यहरुको आयआर्जन बढाउन सहकारीले पहल गर्नुपर्ने बताए । उनले सहकारीमा जम्मा भएको पूजीलालाई उत्पादन र श्रम सिप संग जोडन सके रोजगारी अबसरहरु बढ्ने र आय आर्जन बढाउन सकिने तर्क गरे ।
कार्यक्रममा अध्यक्ष माधब प्रसाद श्रेष्ठले अध्यक्षको प्रतिबेदन प्रस्तुत गदै सहकारीले समानता ,सदभाब आपसी हित सहयोगको आदान प्रदान गदै शेयर सदस्यको आर्थिक उन्नतीमा अग्रसर रहेको जानकारी दिएका थिए ।
कार्यक्रममा लेखा समितिको प्रतिबेदन लेखा समिति सदस्य सीता पाण्डेले प्रस्तुत गरेकी थिइन भने कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष हिराबहादुर के.सी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्टिय सहकारी बैकका प्रबन्धक नारायण बेल्बासे , कल्याणकारी बहुउदेश्यिय सहकारी संस्थाका उपाध्यक्ष डोलराज पाण्डे ,सन्दुक बचत तथा ऋण सहकारी संस्थाका सचिब मोहन पाण्डे , सल्लाहकार सारदा पौडेल लगायतले सहकारीको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा उपाध्यक्ष ललिता बंशि ठकुरी स्बागत र सचिब सुदन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारीले बिभिन्न रेमीट्यान्स सेबा प्रदायकहरु संग सम्झौता गरी देश तथा बिदेसबाट पठाएको रकम सर्बसुलभ रुपमा रेमीटेयान्स सेबा दिई रहेको छ । जसमा आइएमई रेमिट ,आइएमई पे , नविल ,वेस्टन यूनियन , हिमाल रेमीट , प्रभु रेमीटबाट टेलिफोन ,बिजुली ,पानी बिलिङ, मोबाइल ब्यालेन्स द्वन्सफर लगायतका सेबा सुबिधा दिएको छ ।
नौलो सहकारी संस्था लि २०६६ सालमा डिभिजन सहकारी कार्यलय रुपन्देहीमा दर्ता भई २०७० मा बिनियम संसोधनगरी नौलो बहुउदेश्यीय सहकारी संस्था लि कायम भएको थियो ।