२०८१ माघ २८
बुटवल, २४ बैशाख ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त दुई सचिवले आइतबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आइतबार प्रतिनिधिसभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रियसभाको सचिवमा नियुक्त डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथ ग्रहण गरेका छन् ।
शपथ लिएपछि उनीहरुले आ–आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन् ।