२०८१ श्रावण १२

दीप बोर्डिङमा रक्तदान कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० बैशाख २४, आईतवार १७:०६ गते

बुटवल,२४ बैशाख ।

दीप बोर्डिङ स्कुलमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल र इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कुलले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेले दीप बोर्डिले सामाजिक सेवाको क्षेत्र र रेडक्रसका गतिविधिमा निरन्तर महत्वपूर्ण कार्य गर्दै आएको र आगामी दिनमा थप नवीन कार्यक्रम गरोस भन्ने शुभेच्छा व्यक्त गरे। कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले दीप बोर्डिङले गर्ने हरेक कार्यक्रम नजिकबाट नियालिरहेको र ती कार्यक्रमले समाजमा सकारात्मक परिवर्तनका लागि काम गरेको भन्दै इन्ट्रयाक्ट क्लबले थप रचनात्मक काम गर्नुपर्ने बताए ।
विद्यालयका उपप्राचार्य तथा कार्यक्रम संयोजक सुरेन्द्र कुमार शाक्यको अध्यक्षता, उपप्राचार्य द्वय ज्ञानु थापा र कलाधर अर्याल, पूर्व शिक्षक नायक अर्जुनप्रसाद पन्थ लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रोहित शाह र सन्दिप बस्यालले सहजीकरण र पुरुषोत्तम पाण्डेयले कार्यक्रम सञ्चालन गरेका थिए ।