२०८१ श्रावण १२

अब विदेशबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने
  • लुम्बिनी खोज
  • २०८० बैशाख २६, मंगलवार १६:५३ गते

काठमाडौ, २६ बैशाख ।

विदेशबाट आउँदा अब दुई वटा मोबाइल ल्याउन पाइने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यस्तै, सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ। उनले बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको पनि बताइन्।

मन्त्री शर्माले ढल्केवर वाणगंगा १३२ केबी प्रशारणलाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको जानकारी दिइन्।

यस्तै, इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागिताको लागि योजना आयोगको उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको पनि उनले बताइन्।