२०८१ श्रावण १२

रिलायन्सद्वारा रक्तदान कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७८ मंसिर १७, शुक्रबार १६:१५ गते

बुटवल । रिलायन्स लाईफ इनस्योरेनस लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा क्षेत्रीय कार्यालय बुटवलद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तसंचार कार्यालय बुटवलमा भएको कार्यक्रमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति धनपति खनालले रक्तदान जीवनदान भएकाले समय पुगेका सबैले समयमै नियमित रक्तदान गरेर जीवन बचाउने कार्यमा अग्रसर हुन सबैलाई आग्रह गरे । रिलायन्स लाईफले समय समयमा सामाजिक उत्तरदायित्वअन्र्तगत यस्तै विविध समाजिक कार्यहरु गर्दै आइरहेको भन्दै यस कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
उक्त कार्यक्रममा इन्स्योरेन्सका क्षत्रीइ प्रवन्धक इन्द्र बिश्वकर्माले प्रत्येक वार्षिक उत्सवमा रक्तदान गर्दै आएको जानकारी गराउदै रिलायन्स लाईफले सामाजिक कार्यसंगै जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । रक्तदान गर्न आएका सबै रक्तदाताहरुलाई धन्यवाद दिंदै निरन्तर रुपमा रक्तदान गर्न आग्रह गरे । उक्त कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा शाखा प्रवन्धकहरु, सिनियर एजेन्सी म्यानेजरहरु, एजेन्सी तथा रिलायन्स साथीहरुको उपस्थिती रहेको शाखा प्रवन्धक प्रेम प्रसाद आचार्यले बताए ।