२०८१ श्रावण १२

बुटवलमा ५ दिने योग शिविर
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३०, शनिबार ०८:०९ गते

बुटवल ३० बैशाख ।
बुटवलमा ५ दिने जीवन विज्ञान योग शिविर शुरु भएको छ । सहयोगी टोल विकास संस्था बुटवल ११ कालिकानगरको आयोजनामा योग शिविर शुरु भएको हो ।
शनिवार एक समारोहवीच योग शिविरको शुभारम्भ गरिएको छ । कार्यक्रममा बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सस्थाले रचनात्मक काम गरेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि रचनात्मक काम गर्न सुझाव दिए ।


योग शिविरका बारेमा चर्चा गर्दै सस्थाका सल्लाहकार कृष्णप्रसाद न्यौपानेले योगले मानिसलाई स्वस्थ्य राख्न मद्दत मिल्ने र योगको महत्व बढ्दै गएको अवस्थामा सस्थाले शिविर सञ्चालन गरेको बताए । शहरीया ब्यस्त जीवन शैलीमा योगको महत्वलाई आत्मसाथ गर्दै जीवन शैलीमा परिवर्तन ल्याउन सकिने उनले बताए । सस्थाले आगामी दिनमा पनि रचनात्मक कामलाई निरन्तरता दिने उनको भनाइ छ ।


कार्यक्रमको संयोजक सस्थाकी कार्य समिति सदस्य समेत रहेकी योग प्रशिक्षक अनिता भुर्तेलले गरेकी थिइन । सस्थाकी अध्यक्ष जानुका अर्यालको अध्यक्षता, सचिव सुधा न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सचिव रामप्रसाद खनाल, जीवन विज्ञान योग प्रदेश संयोजक केशव खनाल, जिल्ला संयोजक राजन ढकाल, बुटवल नगर संयोजक आशा श्रेष्ठलगायतले योगका बारेमा चर्चा गरेका थिए । शिविरमा करिब एक सय जनाको सहभागिता रहेको छ ।