२०८१ श्रावण १२

शान्ति नमुनामा अभिभावक भेला
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३०, शनिबार १७:०७ गते

तिलोत्तमा, ३० वैशाख ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको छ । कक्षा १० मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान, परीक्षा तयारी तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालय प्रशासन, शिक्षक, अभिभावकहरु बीचको कुशल संयोजनबाट मात्र विद्यार्थीहरुको शैक्षिक प्रगती हुने भन्दै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।
सहायक प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्य, मा.वि. तह संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिएका थिए । कक्षा १० का संयोजक रजनी के.सीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सहजिकरण शिक्षक दिनेश खड्काले गरेका थिए ।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत ५ सय ७३ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो । अभिभावकहरुले विद्यालयका लागि विभिन्न रचनात्मक सुझावहरु राखेका थिए।
अन्य कक्षाहरुमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई समेत क्रमशः अभिभावक अभुमुखिकरण कार्यक्रम गर्दै जाने योजना रहेको विद्यालयले जनाएको छ ।