२०८१ श्रावण १२

समाजवादी प्रेस संगठन रुपन्देही अध्यक्षमा विनोद परियार
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३०, शनिबार १७:२२ गते

बुटवल, ३० वैशाख ।

समाजवादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा विनोद परियार चयन भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

जसअनुसार उपाध्यक्षद्वयमा उषाकिरण पन्थ र पुनहरि बेलबासे, सचिवमा प्रतिक पौडेल, सहसचिवमा अस्मिता अधिकारी, कोषाध्यक्षमा शिशिर पाण्डे रहेका छन् भने सदस्यहरुमा माघवेन्द्र यादव, वसज्त चन्द, गणुश नेपाली, जगन्नाथ साहनी, धनु गुरुङ र प्रशंसा भण्डारी रहेका छन् ।