२०८१ श्रावण १२

नेपाल प्रेस युनियन रुपन्देहीमा नयाँ नेतृत्व चयन
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३०, शनिबार १७:२९ गते

बुटवल , ३० बैशाख ।

नेपाल प्रेस युनियन रुपन्देहीमा नयाँ नेतृत्व चयन  गरिएको छ । युनियन रुपन्देहीको शुक्रबार बुटवलमा सम्पन्न २१ औं साधारण सभा तथा नवौं अधिवेशनले कविन्द्र नेपालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दीपक घिमिरे र कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली, कोषाध्यक्षमा गोविन्द बस्नेत सर्वसम्मत निर्वाचित भएका छन  ।
त्यस्तै सहसचिव पदमा सीता गौतम बराल, तिलक सुवेदी र कृष्ण भण्डारी तथा सहकोषाध्यक्षमा भुवन जि.सी., सदस्यहरुमा ललित पाण्डे, माधव पौडेल, सुवास पौडेल, दिनेश पाण्डे, राहुलदेव सापकोटा, कमला अर्याल, ललिता घिमिरे, सिर्जना भट्टराई, सृष्टि अधिकारी, मिठु खान, हृदयराम गुप्ता, जयश महमद खान, तिर्सना सेन्चुरी तथा ज्ञानकुमारी विक सर्वम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक महेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।