२०८१ श्रावण १२

प्रेस सेन्टर नेपाल लुम्विनी प्रदेशको साधारण सभा
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३, बुधबार ०५:३६ गते

दाङ, ३जेठ ।
प्रेस सेन्टर नेपाल लुम्विनी प्रदेशको प्रथम साधारण सभा एक कार्यक्रममका बिच भालुबाङ्गमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटि सदस्य कुल प्रसाद केसीले गरेका थिए ।
कार्यक्रममा बोल्दै नेता केसीले ठुलो बलिदानीबाट प्राप्त गणतन्त्र ,संघीयता र धर्मनिरपेक्ष जस्ता उपलब्धिको रक्षा माओवादीले मात्र गर्न सक्ने बताए । उनले पार्टीमा नितिलाई प्रधान बनाउन आबस्यक रहेको बताउदै नेताहरु हेरफेर भइरहने तर्क गरे ।
कार्यक्रममा अर्का स्थायी कमिटी सदस्य जोखबहादुर महराले माओबादी आन्दोलनलाई कमजोर बनाउन,जनतालाई भ्रमित पार्न पश्चगामी तत्बहरु लागेको बताए । उनले प्रचण्ड नेतृत्वको बर्तमान सरकारका राम्र कामको चर्चा गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा (जुगल)ले पत्रकारिता क्षेत्रमा पनि विकृती बढेको बताउदै सुधार गदै अगाडी बढनु पर्ने बताए । उनले बिगतका सरकार भन्दा अहिलेको सरकारले पत्रकारिता र संचारको क्षेत्रमा केही राम्रा काम गरेको बताएका थिए ।

 


कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रजीत चौधरी,निर्मल आचार्य , अजयदिप शर्मा ,लुम्विनी प्रदेश सचिव यज्ञ पोखरेल लगायतले बोलेका थिए ।
साधारण सभामा प्रेस सेन्टरका लुम्विनी प्रदेश अध्यक्ष मानसिङ्ग विश्वकर्माले अध्यक्षको प्रतिबेदन र महासचिब भुपेन्द्र ओलीले सचिबको प्रतिबेदन र कोषाध्यक्ष मनिष कार्कीले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

११ बुदे घोषणापत्र जारी
प्रेस सेन्टर नेपाल लुम्विनी प्रदेशको दाङ्गको भालुवाङ्गमा सम्पन्न साधारण सभाले ११ बुदे घोषणा पत्र जारी गरेको छ ।