२०८१ श्रावण १२

रायमाझी र खाणसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३, बुधबार १५:०८ गते

काठमाडौै,३ जेठ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डाैले प्रहरीलाई तीन दिनको म्याद दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूमध्ये १३ जनामाथिको प्रारम्भिक बयान लिने काम जिल्ला सरकारी वकिलको कार्यालयले सकेको छ । पछिल्लो समयमा पक्राउ परेको पूर्वसभासद् आङटावा शेर्पासँग भने आज बुधवार बयान चलिरहेकाे छ । यसअघि यस प्रकरणमा मुछिएका पूर्वमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग सोमवार र मङ्गलवार बयान लिइएको थियो ।

अन्य ११ आरोपीको बयान भने आइतवार सकिएको छ । अब तीन दिनमा आवश्यक बाँकी अनुसन्धान गरी अन्तिम प्रतिवेदन बनाएर सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी प्रहरीको छ । उनीहरूमाथि प्रहरीले सङ्गठित अपराध र ठगीमा अनुसन्धान गरिरहेको छ । अब प्रहरीलाई उनीहरूमाथि अनुसन्धान गर्न सात दिनको मात्रै समय छ ।