२०८१ श्रावण १२

बुटवलमा रोजगार मेला हुँदै
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ४, बिहीबार १६:४७ गते

बुटवल  ।
यहि जेठको ९ र १० गते बुटवलमा जव फेयर (रोजगार मेला) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रोजगार मेला गर्न लागिएको हो ।
महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि परियोजना अन्तरगत स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाता सम्पर्क गरी रोजगारी प्रबर्दन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आई.एल.ओ.)को सहयोगमाा हुने दुई दिने रोजगार मेलामा ३० भन्दा पनि बढी उद्योग प्रतिष्ठानको सहभागिता हुने बुटवल उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत मेलाका फोकल प्रसन केशव ढकालले बताए । स्थानीय उद्योग व्यवसायको लागि आवश्यक दक्ष श्रमिकको आपूर्तिका साथै उपयुक्त सीपयुक्त जनशक्ति प्राप्तिमा सहयोगी हुने र रोजगार योग्य जनशक्तिलाई सीप अनुसारको रोजगार प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।