२०८१ श्रावण १२

देशमा अझै प्रतिगमनको खतरा छ : माधव नेपाल
  • लुम्बिनी खोज
  • २०७८ मंसिर २५, शनिबार १६:३८ गते

बुटबल २५ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अझै प्रतिगमनको खतरा रहेको बताएका छन ।

बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै सचेत रहनु पर्ने अबस्था रहेको बताए । इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उनको भनाइ छ । नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओल् िसुध्रिने सम्भावना नदेखेर नै आफूहरुले विद्रोह गरेको बताए । उनले कम्युनिष्ट आन्दोलन बचाउने हो भने एमाले भित्र रहेका सच्चा कम्युनिष्टहरू ओलीको भ्रमबाट मुक्त हुन आग्रह गरे । अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्टिय सभा चुनाव र उपनिर्वाचनसम्म कायम रहने बताए । उनले स्थानीय चुनाव वैशाखमा गर्ने वा तीनै तहको चुनाव एकै पटक गर्ने भन्ने विषयमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

बुटवलमा नेकपा एकिकृत समाजवादीको प्रदेश र रुपन्देही कार्यालय, अध्यक्ष नेपालद्वारा उद्घाटन

नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीको पार्टी कार्यालय ब’टबलमा उद्घाटन भएको छ ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललले शनिबार एक समारोहका विच पार्टी कार्यालय उद्घाटन गरका थिए । बुटवल ८ सुख्खानगरमा प्रदेश र जिल््ला कमिटिको संयुक्त कार्यालय स्थापना भएको हो । कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले कार्यालयलाई स्मार्ट रुपमा अघि बढाउन आग्रह गरे । उनले निर्वाचनहरु नजिक आइरहेकाले तथ्यांकहरु, पार्टीका कागजपत्र चुस्त दुरुस्त रुपमा राख्न समेत आग्रह गरे । उनले प्रविधिको उच्चतम प्रयोग गर्न सुझाव दिए ।

उद्घाटन कार्यक्रममा पार्टीका उपमहासचिव डा विजय पौडेल, सचिव भागवत विश्वसी, केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई, सिद्धिचरण भट्टराई जिल्ला अध्यक्ष  राजु गुरुङ लगायतका नेताहरुको उपस्थिती थियो ।