२०८१ मंसिर २

धरानका स्वास्थ्य स्वंयसेविकालाई लुम्बिनीमा स्वागत
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ११, बिहीबार १२:३४ गते

लुम्विनी ११ जेठ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य स्वंयसेविका महिलाहरुलाई लुम्विनीमा स्वागत तथा सम्मान गरिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा अवलोकन भ्रमणमा लुम्बिनी सास्कृतिक नगरपालिकामा आएका १४१ जना धरानका महिला स्वास्थ्य स्वंयसेविकालाई स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले धरान र लुम्बिनी विच असल सम्बन्ध कायम भएको बताइन । महिला स्वास्थ्य स्वंयसेविकाको क्षेत्रमा आगामी बजेटमा कार्यक्रम राख्ने गरि योजना तर्जुमा गरिने पनि उनले बताइन । आगामी दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका १३१ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई अवलोकन भ्रमण लैजाने समेत प्रतिबद्धता उनले व्यक्त गरिन ।
धरान उपमहानगरपालिकाका महिला स्वास्थ्य स्वंसेविका अध्यक्ष विजयकला राईले साच्चीकै लुम्बिनी साँस्कृतिक नगरपालिका पर्यटकीय महत्व बोकेको क्षेत्र भएको भन्दै गौतम बुद्धको जन्मभुमि ल्ुम्बिनीको पवित्र भुमिको अवलोकन गर्न पाउदा खुशी लागेको बताइन । राईले महिला स्वास्थ्य क्षेत्रमा धरानले गरेका कामका बारे जानकारी समेत गराइन ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद चौधरी, धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा कर्मचारी दिपकला राई लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संञ्चालन नगरपालिकाका प्रेस संयोजक सुरेश परियारले गरेका थिए ।