२०८१ श्रावण १२

कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कारबाट खिलबहादुर भण्डारी पुरस्कृत
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १३, शनिबार १६:५२ गते

काठमाडौँ ,१३  जेठ ।
प्रेस सेन्टर नेपालले कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार खिलबहादुर भण्डारीलाई पुरस्कृत गरेको छ । शनिवार प्रेस सेन्टरको १९ औं साधारणसभा एवम् कृष्ण सेन ‘इच्छुक’ को २१ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भण्डारीलाई पुरस्कार प्रदान गरेका छन् ।
लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकार भण्डारी प्रेस काउन्सिल नेपालका पूर्व सदस्य पनि हुन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष समेत रहिसकेका उनी जनयुद्धकालीन पत्रकार समेत हुन् ।

पुरस्कार प्राप्त गरेपछि पत्रकार भण्डारीले भने, ‘जीवनको सबैभन्दा महत्वपूर्ण र गर्व गर्न लायक पुरस्कार ! राशिका हिसाबले यो भन्दा ठूलो राशीको पुरस्कार र सम्मान पनि पाएको छु । तर, ५० हजार राशिको सहिद कुष्ण सेन स्मृति पुरस्कार मेरो लागि करोडौ राशिको भन्दा उच्च र गरिमामय सम्मान र पुरस्कार ठानेको छु, यो पुरस्कार पैसासँग तुलना हुन सक्दैन ।’
त्यस्तै, स्व।त्रिभुवन पौडेललाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको छ । पौडेललाई शक्तितारा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी वेपत्ता योद्धा पत्रकारिता पुरस्कारबाट दीलकुमारी शाहीलाई पुरस्कृत गरिएको छ ।

लुम्बिनी प्रदेशबाट कमल रायमाझीलाई क्रियाशील पत्रकारिता पुरस्कार

प्रेस सेन्टरले दश जनालाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।  क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेमा लुम्बिनी प्रदेशबाट कमल रायमाझी ,कोशी प्रदेशका अर्जुन आचार्य, मधेश प्रदेशबाट आशिष विक, बागमती प्रदेशबाट संगिता डिमडोङ, गण्डकी प्रदेशबाट सविन प्रजा, लुम्बनी प्रदेशबाट कमल रायमाझी, कर्णाली प्रदेशबाट पंखबहादुर शाही, सुदूरपश्चिम प्रदेशबाट तेजाराज भट्ट, उपत्यका प्रदेशबाट विक्रम रत्न, प्रतिष्ठान प्रदेशबाट नरेश ज्ञवाली, एशोसिएट प्रदेशबाट विजय आवाज सुवेदी रहेका छन् ।

त्यस्तै सो संस्थाले उत्कृष्ट तीन जिल्ला शाखा सुनसरी, मकवानपुर र बाँकेलाई पनि सम्मान गरेको छ भने प्रेस सेन्टरमा आवद्ध भएर पनि स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा, नुवाकोटका विदुर नगरपालिकाकी उपमेयर प्रभा वोगटी, रुकुमको सानेभरी गाउँपालिकाकी उपाध्यक्ष कमला रोक्का, प्युठान गौमुखी गाउँपालिकाका अध्यक्ष महावीर राना रहेका छन्