२०८१ माघ २३
बुटवल १४ जेठ ।
यो साताको कारोबारको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज आइतबार १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा झरेको छ।
आज उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ। बजार घटे पनि कारोबार रकम भने बढेको छ।
दुई सय ७० वटा कम्पनीको ७० लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।