२०८१ श्रावण १२

बुटवल १२ र १३ मा सरसफाई अभियान
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १५, सोमबार १३:३१ गते

बुटवल, १५ जेठ ।
गणतन्त्र दिवस तथा विश्व वातावरण दिवसको पूर्वसन्धाको अवसर पारेर बुटवल उपमहानगरपालिका वडा नंं. १२ र १३ मा सरसफाई गरिएको छ ।
सरसफाई, वातावरण तथा हरियाली प्रवद्र्धन समिति १२ र १३ को आयोजनामा राजमार्ग क्षेत्र र टोल सरसफाई गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय टोलविकास संस्थाहरुलगायतको सहभागितामा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख शिव रानाले स्थानीयको सक्रियतामा नियमित सरसफाई गर्नुपर्ने बताए। उनले नियमित सरसफाइले घर, टोल, सडकका साथसाथै नगर सफा र सुन्दर हुने र यसले मानवीय स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । उनले बुटवललाई स्वच्छ, सफा र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि टोलस्तरबाटै सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा वडा नं १२ का अध्यक्ष डिल्लीप्रसाद शर्माले बुटवललाई सफा र सुन्दर बनाउने अभियानको थालनी भएको बताउँदै टोलस्तरबाट नियमित सरसफाईलाई प्रभावकारी बनाउनुपर्ने बताए।

स्थानीय टोलविकास संस्था, आमा समूह, क्लब, सामाजिक संघसंस्थाहरुको सहभागिता रहेको कार्यक्रममा सरसफाई, वातावरण तथा हरियाली प्रवद्र्धन समितिका अध्यक्ष गंगा सापकोटा, सरसफाई, वातावरण तथा हरियाली प्रवद्र्धन समितिका वरिष्ठ उपाध्यक्ष लालबहादुर गुरुङ, उपाध्यक्ष रमा केसी, सचिव सञ्जय लम्साल, सहसचिव गिरीराज कुँवर, कोषाध्यक्ष मिना जिसीलगायतले धारणा राखेका थिए।