२०८१ श्रावण १२

बाँकेमा बसको ठक्करबाट कारमा सवार २ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १६, मंगलवार १८:०० गते

बुटवल,१६ जेठ ।

बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखाको आँपपिपल घर भएका कारचालक सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका– ५ घर भएकी ५४ वर्षीया डा. सञ्जु खाती खड्का रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनामा पश्चात बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।