२०८१ श्रावण १२

अस्पतालमा दुग्ध पान र रक्तदान
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १८, बिहीबार १२:२९ गते

बुटवल १८ जेठ ।
विश्व दुग्ध दिवसको अवसरमा बुटवल स्थीत सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा दुग्धपान तथा रक्तदान कार्यक्रम गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाको संयुक्त आयोजना तथा बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिको संयोजनमा बिहिबार दुग्धपान तथा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीलाई दुग्धपान गराईएको थियो भने संगसंगै रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.परवेज आलम, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष टंकप्रसाद गैरे, बुटवल उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख शिव राना, अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेण्डेन्ट डा. सशिसेखर झा, उपभोक्ता हित संरक्षण मञ्चका तेजकुमार पाठक, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, कार्यक्रम संयोजक डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारीले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।