२०८१ श्रावण १२

सिन्धुली उवासंघको टोलीलाई बुटवलमा स्वागत
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १८, बिहीबार १२:३३ गते

बुटवल १८ जेठ ।
सिन्धुलीबाट संस्थागत भ्रमणमा आएको उद्योग वाणिज्य संघ सिन्धुलीको टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । बिहिबार भएको स्वागत कार्यक्रममा बुटवल र सिन्धुली बिच व्यापार सहकार्य र व्यवसायिक समस्या समाधानको लागि सामुहिक पहल गर्ने विषयमा छलफल भएको थियो ।
छलफलमा बोल्दै बुटवलका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले सिन्धुलीमा उत्पादन हुने जुनार तथा भुईकटर बुटवलको बजारमा ल्याउन र बुटवल तथा आसपासको पर्यटनलाई सिन्धुलीसंग जोड्न सकियो भने त्यसले दुई जिल्ला बिचको व्यवसायिक सहकार्य थप उचाईमा पुग्ने बताए । उनले व्यवसायीका समान प्रकृतिका समस्या समाधानको लागि सामुहिक पहलको लागि प्रस्ताव गर्दै त्यसमा बुटवल उद्योग वाणिज्य संघ तयार रहेको बताए ।
सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले दुई संघ बिचको सहकार्यले दुबै स्थानका उद्योगी व्यवसायीले फाईदा लिन सक्ने बताए । बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार श्रेष्ठले संघको समग्र विषयबस्तुको बारेमा प्रस्तुती राखेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा सिन्धुली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अमरेशचन्द्र वैदारले उद्योगी व्यवसायीहरुको हक हितमा काम गर्न र व्यवसायिक समस्या समाधानको लागि आफू महासंघमा गएको बताउँदै जिल्ला नगर उद्योग वाणिज्य संघका सुझाव अनुसार आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्वअध्यक्षहरु निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी लगायतले भनाई राखेका थिए ।