२०८२ बैशाख १२
बुटवल,१९ जेठ ।
सुनको भाउ लगातार तेस्रो कारोबार दिन पनि बढेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेसँगै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १३ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको छ ।
१८ जेठमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा तोकिएको थियो ।
१७ जेठमा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रूपैयाँ तोकिएको थियो ।