२०८१ श्रावण १२

जिप दुर्घटनामा तीनजनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २१, आईतवार १५:१९ गते

बुटवल २१ जेठ ।
पाल्पामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीस्थित केवरेडाँडामा बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो। घटनामा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँचीको पणेनातर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकमध्ये दुई महिला र एक पुरुष छन्।