२०८१ श्रावण १२

नेप्से १७ अंकले घट्यो, १ अर्ब ९७ करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २२, सोमबार ११:०६ गते

काठमाडौं २२ जेठ ।
सोमवार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । १५ जेठमा आएको बजेटपछि लगातार उतारचढाव देखिएको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकको गिरावट भएर बन्द भएको हो ।
सोमबार नेप्से १७.३८ अंकको गिरावट हुँदा १९०१.९९ अंकको विन्दुमा बन्द भएको छ । आइतबार करिब १ अर्ब ६६ करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब ९७ करोड ३५ लाखको कारोबार भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक २.४६ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक १.६७ प्रतिशत, अन्य उपसूचक १.५१ प्रतिशतले गिरावट भएको छ ।