२०८१ आश्विन ७

प्रधानमन्त्री प्रचण्डले बिहीवार लुम्बिनी केबलकारको उद्घाटन गर्ने
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २४, बुधबार १६:५५ गते

बुटवल ,२४ जेठ ।
लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन । आईएमई समूहको लगानीमा बनेको केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो ।

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ ।
यसअघि गएको जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको थियो ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको दुई प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म तीन किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।