२०८१ श्रावण १२

समवेदना प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड महासचिव भुसालको घरमा
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २५, बिहीबार ११:३७ गते

बुटवल, २५ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मणिग्रामस्थित एकीकृत नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको घरमा पुगेका छन । प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रधानमन्त्रीले घनश्यामको घरमा पुगेर भुसाल परिवारलाई समवेदन व्यक्त गरेका छन । भुसालका पिता जगन्नाथ भुसालको आइतबार निधन भएको थियो ।
प्रधानमन्त्रीले भुसाल परिवारलाई समवेदना व्यक्त गर्दे शोकलाई शक्तिमा बदल्न अनुरोध गरे । उनले जन्मपछि मृत्यु स्वभाविक रहेको बताउँदै मृत्यु संस्कारलाई सबैले स्वीकार्नुको विकल्प नरहेको जनाए ।

प्रधानमन्त्री दाहालसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, परराष्ट्रमन्त्री एनपी साउद, वन तथा वातावरण मन्त्री डा।वीरेन्द्रप्रसाद महतो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, संघीय सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य लगायत भुसाल निवासमा पुगेका थिए ।