२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सरकारले ल्यायो नीति तथा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २६, शुक्रबार ०९:३१ गते

रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई उच्च प्राथमिकतामा

बुटवल,२६ जेठ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार बसेको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । प्रदेशले विगतकै केही राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

भौतिक पूर्वाधारमा प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) मा निर्माणाधीन भौतिक संरचना समयमै सम्पन्न गर्ने, प्रदेश गौरवको आयोजना पाल्पाको रामपुर देखि रोल्पाको जिनाबाङ लगायत २० वटा अन्य प्रदेशस्तरका राजमार्ग निर्माण तथा स्तरोन्नति गर्ने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्दै १२ वटै जिल्ला सदरमुकाम, राजमार्ग र व्यापारिक केन्द्रमा चार्जिङ्ग स्टेशन निर्माण गर्ने नीति प्रदेश सरकारले ल्याएको छ ।

आर्थिकमा बुटवललाई आर्थिक हबका रुपमा विकास गर्ने, प्रदेशमा सार्वजनिक, निजी तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने प्रदेश प्रमुख शेरचनले बताए । त्यस्तै सशस्त्र द्वन्द्वका घाइतेलाई निशुल्क उपचार र सहिद एवम् बेपत्ता पारिएका व्यक्तिका परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ ।

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम मार्फत बेरोजगार युवाशक्ति सीपमूलक तालिम गरी रोजगारी सिर्जना गर्ने, ‘पढ्दै कमाउदै, कमाउदै पढ्दै’ कार्यक्रममा अन्तर्गत दुई बर्षमा दुई लाख रोजागरी सिर्जना गर्ने, विरोजगारको यर्थाथ विवरण संकलन गरी शिप मुलुक तालिम तथा उद्यमशिलतासँग जोड्दै रोजगारी प्रदान गर्ने, मुक्त कमैया, भूमिहीन, मुसहर, बादी र चिडीमार जस्ता समुदायका एक हजार परिवारलाई कृषि तथा पशुपालनमा जोडेर आयआर्जन जोड्दै स्वरोजगार बनाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
पुर्ण पाठ

नीति तथा कार्यक्रम 2080-81 p