२०८१ श्रावण १२

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३०, मंगलवार ०९:४० गते

काठमाडौ, ३० जेठ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बिहान ७  बजे गंगालाल अस्पतालमा भर्ना गरिएको हो । दम र ग्याष्ट्रीकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको बताइएको छ ।

‘एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो छ ।  भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ’, स्रोतले भन्यो । गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरेको छ । पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ ।

एनजिओग्राम गरेपछि २४ घण्टा अब्जरभेशनमा राख्नुपर्ने भएकाले पौडेललाई बुधवार मात्रै डिस्चार्ज गरिने बताइएको छ ।