२०८१ श्रावण १२

वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त, बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३२, बिहीबार ०७:५० गते

काठमाडौ, ३२ जेठ ।

सरकारले मुख्यसचिव परिवर्तन गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

आगामी असोजमा कार्यकाल सकिन लागेका वैरागीले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत गरेर सरकारले वैरागीलाई नयाँ जिम्मेवारी प्रदान गरेको छ ।

उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको साउदले बताए ।